२०८३ बैशाख ३ गते , विहीबार

ट्याक्टरको ठक्करबाट एक महिलाको घटनास्थलमै मृत्यु

sajilo news
पार्थ मण्डल
२०७७ फाल्गुन २४ गते , सोमबार
ट्याक्टरको ठक्करबाट एक महिलाको घटनास्थलमै मृत्यु

धनकुटा । धनकुटामा ट्याक्टरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सहिदभुमी गाउँपालिका ७ चाम्चा बस्ने ५० बर्षीया म कुमारी राई रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । 

सोमबार दिउसो ११ बजे सहिदभुमी गाउँपालिका ७ मा ना ५ त १९७१ नम्बरको ट्याक्टरले पैदलयात्री राईलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । ठक्कर दिने ट्याक्टरलाई प्रहरीको नियन्त्रणमा छ भने चालक हरिबहादुर राई फरार रहेकोले खोजतलास भइरहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार