२०८३ बैशाख ३ गते , विहीबार
करेन्ट लागेर ट्रक सह–चालकको मृत्यु
मोरङ । जिल्लाको बेलबारी नगरपालिका ७ का २४ वर्षीय आशिष् मग्रातीको करेन्ट लागेर मृत्यु भएको छ । आइतबार राती दुहबी –२ स्थितमा रहेको मैनावती स्टिल फ्याक्ट्रीमा ना ४ ख ५९३६ नम्बरको ट्रकमा सामान लोड गर्ने क्रममा ट्रकका सह–चालक आशिषलाई इलेक्ट्रिक क्रेनबाट करेन्ट लागेको थियो । करेन्ट घाइते भएका उनको विराट अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।