२०८३ बैशाख ३ गते , विहीबार

प्रेस सङ्गठन झापाले पायो पूर्णता

sajilo news
पार्थ मण्डल
२०७७ फाल्गुन २४ गते , सोमबार
प्रेस सङ्गठन झापाले पायो पूर्णता

झापा । प्रेस सङ्गठन नेपाल झापाको भेला भव्यरुपमा सम्पन्न भएको छ । झापा बिर्तामोडमा सोमवार भएको भेलाले ३५ सदस्यीय जिल्ला कमिटि निर्माण गरेको छ ।त्यसैगरी सङ्गठनले सुव्रत न्यौपानेको संयोजकत्वमा ९ सदस्यीय सचियालय समेत गठन गरेको छ । सचिवालयको सदस्यमा झुलन रेग्मी, अनिलदेव राई, उद्धव पुरी, सन्तोष शर्मा, पुष्पलाल खड्का, नन्दलाल खतिवडा, तिलक योञ्जन र किशोर उपरकोटी रहेका छन् ।

प्रेस सङ्गठन नेपाल झापाका संयोजक सुव्रत न्यौपानेको अध्यक्षतामा भएको भेलामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रिय सदस्य तथा झापा इन्चार्ज रविन कोइरालको प्रमुख आतिथ्यता रहेको थियो ।कार्यक्रममा नेकपा झापा इन्चार्ज तथा कार्यक्रमका प्रमुख अतिथ कोइराला, नेकपा प्रदेश सदस्य तथा प्रदेश सांसद झलकसिंह दलार्मी, नेकपा झापा अध्यक्ष वेदराज रेग्मी, नेपाल पत्रकार महासंघ १ नं. प्रदेश महासचिव विवेक गौतम, अग्रज पत्रकार लीला बराल,संङ्गठनका १ नं. प्रदेश इन्चार्ज राजन केडी, नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष कृष्ण हुमागाई, जिल्ला सहकारी संघ झापाका सचिव भवानीप्रसाद दंगाल, संङ्गठनका प्रदेश १ सदस्य राजु अधिकारी, आदिवाशी जनजाती पत्रकार महासंघ (फोनिज) १ नं. प्रदेश इन्चार्ज दिपिन राई, प्रेस युनियन झापा अध्यक्ष इन्दु पुर्वेलीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

झापाको जिल्ला कमिटी घोषणा संगठनका प्रदेश १ का सह–इन्चार्ज तिर्थ सिग्देले गरेको कार्यक्रममा सपथ ग्रहण सङ्गठन १ नं. प्रदेश संयोजक देवेन्द्र कार्कीले गराएका थिए ।सङ्गठन झापा सह–संयोजक झुलन रेग्मीले स्वागत गरेको कार्यक्रमलाई सञ्चालन सचिव उद्धव पुरीले गरेका थिए । अतिथिलाई स्वागत तथा सत्कार सङ्गठन झापा सह–संयोजक अनिलदेव राईले गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटा, नेकपा झापा सचिव मणिकुमार साम्पाङ, संङ्गठन १ नं. प्रदेश सह–संयोजक मुक्ति पौडेल, संङ्गठन १ नं. प्रदेश सचिव सुजन तिम्सिना, नेकपा प्रदेश १ सदस्य ज्योतीसिंह दलार्मी, सङ्गठनका केन्द्रिय सदस्य विमल लामिछाने, दयाराम दाहाललगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार