२०८३ बैशाख ३ गते , विहीबार

भद्रपुर जेसीजको प्रि-इन्डक्सन तथा लोम अफिसर तालिम सम्पन्न

sajilo news
पार्थ मण्डल
२०७७ फाल्गुन २२ गते , शनिबार
भद्रपुर जेसीजको प्रि-इन्डक्सन तथा लोम अफिसर तालिम सम्पन्न

भद्रपुर । भद्रपुर जेसीजको आयोजनामा  प्रि-इन्डक्सन तथा लोम अफिसर तालिम सम्पन्न भएको छ । भद्रपुर जेसीजका अध्यक्ष  खिलनाथ पाण्डे (निकास)को अध्यक्षतामा एक दिने तालिम सम्पन्न भएको हो । प्रमुख प्रशिक्षक दमक जेसिजका पूर्व अध्यक्ष  गोविन्दराज कट्टेलले  भद्रपुर जेसीज बोर्डका पदाधिकारीहरू, कार्यक्रम संयोजकहरू, सदस्यहरू लगायतलाई तालिममा सहजीकरण गरेका थिए ।  सो तालिममा ३० जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य निवर्तमान अध्यक्ष डिल्लीराम पोखरेल, प्रमुख प्रशिक्षक गोविन्द राज कट्टेल, भद्रपुर जेसीजका अध्यक्ष  खिलनाथ पाण्डे राखेका थिए । आस्था वाचन भद्रपुर जेसीजका उपाध्यक्ष एकराज भट्टराई, स्वागत मन्तव्य फडिन्द्र दाहाल, धन्यवाद मन्तव्य उपाध्यक्ष  शैलेष श्रेष्ठले राखेका थिए । 

सम्बन्धित समाचार