२०८३ बैशाख ३ गते , विहीबार

हाइड्रोपावरको सुरुङमा पुरिएर दुई मजदुरको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७७ फाल्गुन २२ गते , शनिबार
हाइड्रोपावरको सुरुङमा पुरिएर दुई मजदुरको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका – २ स्थित सानिमा हाइड्रोपावरको सुरुङ मार्ग खन्ने क्रममा ढुङ्गा र माटोले पुरिएर दुई जना मजदुरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भोजपुर ओख्रेसावु बस्ने २८ वर्षीय सन्तोष बानियाँ र उदयपुर पोखरी बस्ने २२ वर्षीय अम्बरबहादुर कामी रहेका छन् । शनिवार दिउसो ३ बजे काम गरिएको अवस्थामा माथिबाट ढुङ्गा र माटो खसेर उनीहरूलाई किचेको प्रहरीले जनाएको छ । उनीहरूको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

सम्बन्धित समाचार