२०८३ बैशाख ३ गते , विहीबार

जामुनवारी सामुदायिक वनमा बन्दुक भेटियो

sajilo news
पार्थ मण्डल
२०७७ फाल्गुन २१ गते , शुक्रबार
जामुनवारी सामुदायिक वनमा बन्दुक भेटियो

झापा । जामुनवारी सामुदायिक वन क्षेत्रभित्र एक थान भरुवा बन्दुक फेला परेको छ । वन समूहको नियमित गस्ती टोलीलाई देखेपछि शिकारीको समूह बन्दुक छाडेर भागेको हुनसक्ने वन समूहले जनाएको छ । भेटिएको उक्त बन्दुक इलाका प्रहरी कार्यालय सुरुङ्गालाई बुझाइएको छ ।

बरामद बन्दुकको मुचुल्का बनाएर जिल्लामा बुझाइएको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी नायव निरीक्षक उदयसम्शेर राणाले बताए । पछिल्लो समय सरकारले उक्त क्षेत्रलाई सुरक्षित बन्यजन्तुको बासस्थानका रुपमा विकसित गरेसँगै जंगलमा बाघ, बँदेल, हरिण, खरायो जस्ता जीवजन्तुहरुको संख्या बढेको छ ।

सम्बन्धित समाचार