२०८३ बैशाख ३ गते , विहीबार

झापामा ५८ हजार ५१३ ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइने

sajilo news
पार्थ मण्डल
२०७७ फाल्गुन २१ गते , शुक्रबार
झापामा ५८ हजार ५१३ ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइने

झापा झापामा दोस्रो चरणको कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालनको तयारीमा स्वास्थ्यकर्मी जुटेका छन्   पहिलो चरणमा हजार १६७ जनालाई कोभिसिल्ड खोप लगाएकोमा दोस्रो चरणमा ५८ हजार ५१३ जनालाई खोप लगाउने तयारीमा स्वास्थ्यकर्मी जुटेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको   स्वास्थ्य कार्यालयले बिर्तामोड नगरपालिकाको सभाहलमा सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा यस्तो जानकारी दिएको हो

जिल्लामा फागुन २३ देखि २७ गतेसम्म वटा पालिकामा चैत देखि गतेसम्म बाँकी वटा पालिकामा खोप अभियान सञ्चालन गर्ने स्वास्थ्य कार्यालय झापाका प्रमुख ईश्वरीप्रसाद पौडेलले जानकारी दिए  

पहिलो समूहमा भद्रपुर, मेचीनगर, अर्जुनधारा, बिर्तामोड, बुद्धशान्ति, बाह्रदशी, हल्दिबारी कचनकवलका खोप केन्द्रमार्फत ज्येष्ठ नागरिकहरूलाई खोप लगाइनेछ। ती पालिकाहरूमा ३४ हजार ४५६ जना नागरिक ६५ वर्षभन्दा माथि उमेर समूहका रहेको जनाइएको

त्यस्तै दोस्रो समूहका नागरिकहरूलाई चैत देखि गतेसम्म खोप दिइनेछ सो समूहमा झापा, कनकाई, गौरीगञ्ज, गौरादह, दमक, कमल शिवसताक्षी पालिकाका खोप केन्द्रहरूबाट सेवा उपलब्ध हुने जनाइएको ती पालिकाहरूमा ज्येष्ठ नागरिकहरूको सङ्ख्या २४ हजार ५७ जना रहेको कोरोना फोकल पर्सन जीवन चौंलागाईंले जानकारी दिए पहिलो चरण अन्तरगत जिल्लामा गत माघ १४ देखि २४ गतेसम्म फागुन देखि ११ गतेसम्म हजार १६७ जनालाई कोभिसिल्ड खोप लगाइएको थियो

पहिलो चरणमा चिकित्सक, सुरक्षाकर्मी, पत्रकार, जनप्रतिनिधिलाई लगाइएको थियो खोप लगाएका उनीहरूमा स्वास्थ्य अवस्था सामान्य नदेखिएको कार्यालय प्रमुख पौडेलको भनाई दोस्रो चरणको खोप अभियानका लागि ४३ हजार डोज खोप स्वास्थ्य कार्यालयमा मौज्दात रहेको अभियानकै क्रममा आवश्यकता अनुसारकै खोप प्राप्त हुने उनले बताए  

कोरोनाविरुद्धको दोस्रो चरणको खोप अभियान सरकारले फागुन २३ गतेदेखि देशभर सञ्चालन गर्ने निर्णय गरिसकेको सरकारले बुधवार साँझ गरेको निर्णयअनुसार अब ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरूलाई कोरोना विरुद्धको खोप लगाउने जनाएको

सम्बन्धित समाचार