२०८३ बैशाख ३ गते , विहीबार

ट्याक्टर दुर्घटनामा सह-चालकको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७७ फाल्गुन २० गते , विहीबार
ट्याक्टर दुर्घटनामा सह-चालकको मृत्यु

भोजपुर । भोजपुरको रामप्रसाद राई गाउँपालिका–५ का १८ वर्षीय सह चालक प्रदीप तामाङको ट्याक्टर दुर्घटनामा परी मृत्यु भएको छ । बिहीबार बिहान पौने ७ बजे सोही स्थानमा को २ त ३६६९ नम्बरको ट्याक्टर रोडबाट अन्दाजी ४० मिटर तल झरी दुर्घटना हुँदा सहचालक प्रदीप तामाङ घाइते भएका थिए ।

घाइते प्रदीपको स्वास्थ्य चौकी मानेभन्ज्याङमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । ट्याक्टर चालक सोही स्थान बस्ने सञ्जीव खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

सम्बन्धित समाचार