२०८३ बैशाख ३ गते , विहीबार

वडा अध्यक्षसँग दोहोरो नागरिकता भएको खुलासा

sajilo news
पार्थ मण्डल
२०७७ फाल्गुन २० गते , विहीबार
वडा अध्यक्षसँग दोहोरो नागरिकता भएको खुलासा

झापा । मोरङको सुनवर्षी नगरपालिका ८ का वडा अध्यक्ष नुरुल मियाँसँग दुई देश नेपाल भारतको नागरिकता रहेको खुलासा भएको छ। सोही वडाका अन्य तीन जना जनप्रतिनिधिले पत्रकार सम्मेलन गर्दै वडाध्यक्ष नुरुलको दोहोरो नागरिकता भएको प्रमाण पेस गरेका छन्। मोरङको तत्कालीन डाइनिया गाविस वडा ३ बाट २०५५ असार ५ गते वंशजको नागरिकता लिएका वडाध्यक्ष नुरुल मियाँको  नागरिकता नं. ६८१८ रहेको छ।

भारत सरकारद्वारा  प्रदत्त  ७०५४९२०३५५७० क भीआईडी ९१२३१८१११८८५३४५० को आधार कार्डबाट उनले भारत सरकारले  उपलब्ध  गराउने सेवा  सुविधा पनि लिइरहेको वडा सदस्य कन्हा मियाँले बताए। आधार कार्ड भनेको भारतको नागरिकता जस्तै भएको वडा सदस्य मियाँको दाबी छ।

यस्तै वडाध्यक्ष नुरुल मियाँले फिनो पेमेन्टन्स बैङ्कको एकाउन्ट २०००२७६३७३२ मा बैङ्क खाता सञ्चालन गरिरहेको प्रमाणसमेत चार जना जनप्रतिनिधिले जुटाएका छन्। बैङ्क खातामा नुरुलको ठेगाना अररिया जिल्ला सोनापुर –८ विहार रहेको छ।

मोबाइल  बैङ्किङ समेत  सुविधा  लिएका वडाध्यक्ष नुरुलले ९०६५६८८१९८ नं. को सिम प्रयोग गर्ने गरेको कन्हा मियाँले दाबी गरेका छन्। यस्तै ६०८००१११४८८७१७०१५ नं।को ०५–१२२०१८ एटिएमसमेत चलाउँदै आएको भनेर उनीहरूले जिल्ला प्रशासन कार्यालय  मोरङमा कारबाही गरी पाउँ भनी उजुरी दर्ता गराएका छन्। गत माघ २६ गते दर्ता भएको उजुरीप्रति कुनै सुनुवाइ नभएपछि पत्रकार सम्मेलन गर्न बाध्य भएको अर्का जनप्रतिनिधि   कन्हैयालाल गनगाईले बताए।

उनले सोही मितिमा अख्तियारमा कारबाही गरी पाउँ भनी उजुरी दर्ता गरेको बताए। दोहोरो नागरिकताका विषयमा छानबिन गर्न सरकारी निकायले चासो नदेखाएपछि फागुन ७ गते कन्हैयालाल गनगाई र कन्हा मियाँले विभिन्न पाँच शीर्षकमा वडाको बजेट भ्रष्टाचार गरेको भन्दै फागुन ७ गते अख्तियार अनुसन्धान कार्यालय धनकुटामा उजुरी दर्ता गराएका छन्।

वडाध्यक्ष नुरुल मियाँले भने आफू दिल्लीमा व्यवसाय गर्दा ताकाको आधार कार्डलाई आफूले त्यागी सकेको बताएका छन्। भारतमा आफन्त हुने अधिकांश नेपालीको भारतीय आधार कार्ड  हुने  उनको भनाइ  छ। वडाध्यक्ष मियाँले चारै जना वडा सदस्य आफूले बोलाएको बैठकमा नआउने गरेको बताएका छन्।

भत्ता मात्र लिन खोज्ने गरेको र आफूले उनीहरूको भनाइ नमान्दा उहाँहरू आफूमाथि खनिएको वडाध्यक्ष नुरुल मियाँको आरोप छ।

सम्बन्धित समाचार