२०८३ बैशाख ३ गते , विहीबार
मोटरसाइकल दुर्घटनाबाट एक युवकको मृत्यु
झापा । मोरङमा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुन्दरहरैँचा नगरपालिका ३ का २० वर्षीय अजित चौधरी रहेको प्रहरी कार्यालय मोरङले जनाएको छ । बुधवार राती ९ बजे सुन्दरहरैँचामा प्र १ ०२ ०४२ प ६३९२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।
दुर्घटना परी मोटरसाइकलको पछाडि सवार अजित घाइते भएका थिए । घाइते अजितको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा बिहीबार बिहान ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मोटरसाइकल चालक सोही ठाउँका ३१ वर्षीय देवकुमार चौधरीलाई प्रहरीको नियन्त्रणमा लिएको छ ।