२०८३ बैशाख ३ गते , विहीबार

झापाको दुधे-जोरपोखरी सडक नजिकैको खोल्सामा पुरुषको शव फेला

sajilo news
पार्थ मण्डल
२०७७ फाल्गुन १९ गते , बुधबार
झापाको दुधे-जोरपोखरी सडक नजिकैको खोल्सामा पुरुषको शव फेला

झापा । इलामको जोरपाखरी जाने सडक किनारमा एक जना बेवारिसे पुरुषको शव फेला परेको छ । माई नगरपालिका वडा नम्बर ८ मा पर्ने नाम नखुलेको खोल्सामा घोप्टो परेको अवस्थामा पुरुषको शव फेला परेको हो । शव सडिएको अवस्थामा छ । पूर्व पश्चिम राजमार्गबाट करिब ४ किलोमिटर उत्तर मैनाचुली सामुदायिक बनभित्र घाँस दाउरा गर्न गएका गाउँलेले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक ध्रुवनारायण श्रेष्ठका अनुसार कमिज सुरुवाल लगाएका ती वृद्ध ६० वर्ष माथिको हुनुपर्छ । शव गन्हाएकाले घोप्टो परेको हुँदा कुन समुदायको पुरुषको शव हो भनेर छुट्टाउन समेत कठिन भइरहेको बताए । 

शव फेला परेको इलाम जिल्लामा भए पनि सूचना पाउने बित्तिकै झापाको इलाका प्रहरी कार्यालय झिलझिलेको प्रहरी टोली प्रहरी निरीक्षक श्रेष्ठको नेतृत्वमा शव फेला परेको स्थानमा पुगेको थियो । दुधे जोरपोखरी सडकको भिरबाट करिब २ सय मिटर तल खोल्सामा शव फेला परेको हो ।

सम्बन्धित समाचार