२०८३ बैशाख ३ गते , विहीबार
स्यानिटाइजर पिउँदा झापाका युवकसहित दुई जनाको मृत्यु
झापा । हातमा दल्ने स्यानिटाइजर पिउँदा दुई जनाको मृत्यु भएको छ । दुवै जनाले मदिराको नशामा स्यानिटाइजर पिएका थिए । मृत्यु हुनेमा झापाको शिवसताक्षी नगरपालिका ४ घर भई विराटनगर महानगरपालिका १७ स्थित रघुपति जुट मिलको क्वार्टरमा बस्ने ६५ वर्षीय अम्बिका गिरी र मोरङको जहदा गाउँपालिका-४ का ६० वर्षीय दिनेश मण्डल रहेको प्रहरीले जनाएको छ ।
स्यानिटाइजर पिएर उनीहरू सिकिस्त भएको र उनीहरुको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका एसपी सन्तोष खड्काले जानकारी दिए । कोसी अस्पतालमा उपचारका क्रममा उनीहरूको मृत्यु भएको बताइएको छ । स्यानिटाइजरमा पनि विषादी हुने भएकाले सेवन गर्दा ज्यान जाने चिकित्सकहरुको भनाई छ ।