२०८३ बैशाख ३ गते , विहीबार

माटोको ढिस्कोले पुरेर एक युवतीको मृत्यु, दुई घाइते 

sajilo news
पार्थ मण्डल
२०७७ फाल्गुन १८ गते , मंगलबार
माटोको ढिस्कोले पुरेर एक युवतीको मृत्यु, दुई घाइते 

मोरङ  । मोरङको सुनवर्षी नगरपालिका ४ स्थित गान्धी आश्रम बस्दै आएकी २० बर्षीया बन्सुगिया यादवको माटोको ढिस्कोले पुरेर मृत्यु भएको छ । 
मङ्गलवार दिउँसो साढे १ बजे सुनवर्षी  १ काला बन्जार स्थित डाँस खोलाको बगरमा माटो खन्ने क्रममा यादवको माटोको ढिस्कोले पुरेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।  घटनामा परी सोही ठाउँका ९ बर्षीया मनिका यादव र ५५ बर्षीया झोलिया यादव घाइते भएका छन् । उनीहरूको रङेली अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय रङेलीले जनाएको छ ।

सम्बन्धित समाचार