२०८० फाल्गुन १० गते , विहीबार

अभिनेता पल शाहले अरुण प्रधानसँग माफी मागेपछि मिल्यो झगडा

sajilo news
पार्थ मण्डल
२०७७ फाल्गुन १४ गते , शुक्रबार
अभिनेता पल शाहले अरुण प्रधानसँग माफी मागेपछि मिल्यो झगडा

धरान । म्युजिक भिडियो सुटिङका लागि धरान आएका अभिनेता पल शाह (पूर्णविक्रम शाह) र चलचित्रकर्मी महासंघ प्रदेश १का अध्यक्ष अरुण प्रधानबिचको झगडा मिलेको छ ।

इलाका प्रहरी कार्यालय धरानमा शुक्रवार साँझ भएको दुई पक्षको छलफलमा पलले माफी मागेपछि झगडा मिलेको हो । प्रधानमाथि हात पात गर्ने पलका सहयोगी कृष्णप्रसाद जोशीले पनि आफूले गल्ती गरेको स्वीकार गर्दै माफी मागेका थिए । त्यस्तै प्रधानले पनि आफूले आवेगमा बोलेका कुरा प्रति माफी मागे । 

प्रधानले आफूमाथि कुटपिट गरेको भन्दै पल र सहयोगी जोशी विरुद्ध प्रहरीमा निवेदन दिएका थिए । प्रहरीले दुवै पक्षलाई बोलाएर छलफल गरेपछि झगडा मिलेको हो ।  बुधवार राती धरान–१० स्थित ज्वाँई खाना रेस्टुरेन्टमा पलसँग सामान्य विषयमा विवाद भएको तर एक दिनमा उनले धरानकै एक दर्जन जति युवाहरू बोलाएपछि उनका सहयोगीले जोशीले आफूमाथि हातपात गरेको प्रधानले शुक्रवार बिहान सोही रेस्टुरेन्टमा पत्रकार सम्मेलन गरी जानकारी दिएका थिए । रेस्टुरेन्टको सिसिटिभी फुटेजमा पनि कुटपिट भएको देखिएको छ ।

प्रधान र शाह बिच सामान्य विषयमा विवाद भएको थियो । प्रत्यक्षदर्शीहरूका अनुसार चलचित्रकर्मी महासंघ प्रदेश १ ले आयोजना गर्न लागेको अन्तरक्रिया कार्यक्रमका लागि अध्यक्ष प्रधानले शाहलाई निमन्त्रणा गरेका थिए । शाहले अस्वीकार गरेपछि प्रधानले फेसबुकमा राखेको कार्यक्रम सम्बन्धी पोस्ट हटाएका थिए ।

प्रधानले पत्रकार सम्मेलनमा भने, ‘हामीले उहाँलाई खादा लगाएर सम्मान ग¥यौं तर उनका सहयोगीले त्यही खादा म तिर फ्याँकेर दुर्व्यवहार गरे । त्यसपछि हातपात गरे ।’ शाह पक्षले भने प्रधानले अपशब्द बोलेको आरोप लगाएको छ । आफूमाथि प्रधानले दुर्व्यवहार गरेको भन्दै पलले केही मिडियामा प्रतिक्रिया दिएपछि प्रधानले पत्रकार सम्मेलन गरेका थिए । ब्लाष्टखबरबाट

सम्बन्धित समाचार