२०८३ बैशाख ३ गते , विहीबार
झापाली पत्रकार पोखरेल प्रेस काउन्सिलको सदस्यमा नियुक्त
झापा । झापाली पत्रकार गणेश पोखरेल प्रेस काउन्सिल नेपालको सदस्यमा नियुक्त भएका छन् । उनलाई सञ्चार मन्त्रालयले काउन्सिलको सदस्यमा नियुक्त गरेको हो । उनी प्रेस सङ्गठन नेपाल प्रदेश १ का संयोजक हुन्, भने पत्रकार महासंघ झापा शाखाका पूर्व अध्यक्ष पनि हुन् । पोखरेलसँगै दोलखाका चिरञ्जीवी मास्के, दाङका शरद अधिकारी , कञ्चनपुरका हरि जोशी काउन्सिलको सदस्यमा नियुक्त भएका हुन् । नियुक्त भएका सदस्यहरूको शपथ ग्रहण कार्यक्रम शुक्रवार बिहान आयोजना गरिएको छ ।