२०८१ माघ २७ गते , आईतबार
औषधि व्यवस्था विभागका फार्मेसी अधिकृत दुई लाख घूससहित पक्राउ
.jpg)
झापा । नेपाल औषधि व्यवस्था विभाग विराटनगरका फार्मेसी अधिकृत सरोज सुवेदी दुई लाख रुपैयाँ घूससहित पक्राउ परेका छन् अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीस्थित कार्यालयले स्टिङ अप्रेसनका क्रममा सुवेदीलाई पक्राउ गरेका हुन् । बन्द भएको औषधि पसललाई खुलाइदिने भन्दै सेवाग्राहीबाट २ लाख रुपैयाँ घूस लिँदै गर्दा उनी रंगेहात पक्राउ परेका हुन् ।
मोरङ उर्लाबारी–५ हाट खोला निवासी २४ वर्षीय सुवेदीले बन्द भएको औषधि पसल खुलाउनका लागि घूस लिँदै गर्दा पक्राउ गरिएको र यस विषय थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।