२०८१ माघ २५ गते , शुक्रबार
मेची पुलबाट ब्राउन सुगरसहित एक युवक पक्राउ

झापा । काँकडभिट्टाको मेची पुलमा लागु औषध ब्राउनसुगर सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक नगरपालिका ९ का २५ वर्षीय रोशन दर्जी रहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागु औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले बिहीबार दिउसो ३ बजे मेचीनगर नगरपालिका ६ स्थित मेची पुलमा चेकजाच गर्ने क्रममा दर्जीलाई ५ ग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टा राखिएको जनाइएको छ