२०८३ बैशाख ३ गते , विहीबार

खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७७ फाल्गुन १३ गते , विहीबार
खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु

खोटाङ  । खोटाङ साकेला गाउँपालिका ४ मात्तिमका ३७ वर्षीय निरकुमार चाम्लिङ राईको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ । बुधवार दिउँसो साढे १ बजे रावाबेसी गाउँपालिका १ स्थित रावा खोलामा निरकुमारले करेन्ट लगाएर माछा मार्ने गएका थिए । सोही क्रममा उनलाई करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

सम्बन्धित समाचार