२०८३ बैशाख ३ गते , विहीबार

सशस्त्रका इन्स्पेक्टर र सई ५० हजार घुससहित पक्राउ

sajilo news
पार्थ मण्डल
२०७७ फाल्गुन १३ गते , विहीबार
सशस्त्रका इन्स्पेक्टर र सई ५० हजार घुससहित पक्राउ

झापा । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प गैडहवा–३ लोन्डिहवा रूपन्देहीका कार्यालय प्रमुखसहित दुई प्रहरी कर्मचारी ५० हजार घुससहित पक्राउ परेका छन्।  सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) दधिराम पौडेल र सोही कार्यालयमा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक (सई) राजेश पासीलाई घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार पक्राउ गरेको हो।

उनीहरूले फर्निचर उद्योग सञ्चालनमा सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा बिहान १० बजे गैडहवा गाउँपालिका–३ बाट नियन्त्रणमा लिइएको अख्तियार बुटवलका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिए। उनीहरूबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ। 

सम्बन्धित समाचार