२०८१ बैशाख ६ गते , विहीबार

उर्लाबारी रहस्यमय मृत्यु प्रकरण : ६ जनाविरुद्ध मुद्दा दायर

sajilo news
पार्थ मण्डल
२०७७ फाल्गुन १२ गते , बुधबार
उर्लाबारी रहस्यमय मृत्यु प्रकरण : ६ जनाविरुद्ध मुद्दा दायर

झापा । मोरङको उर्लाबारीका ३२ वर्षिय प्रवीण बाँस्तोला मृत्यु प्रकरणको अनुसन्धान त्रुटिरहित ढंगले गरेको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले बताएको छ । 

प्रहरीको अनुसन्धानविरुद्ध समाजिक सञ्जालहरुमा गलत प्रचार भइरहेको गुनासो गर्दै प्रहरीले त्यसलाई स्पष्ट पार्न आयोजना गरिएको पत्रकार सम्मेलनमा उहाँले प्रहरीले कीर्ते कागज बनाउन नसक्ने जिकिर गरे । 

‘प्रहरी अनुसन्धानमा जिल्ला सरकारी वकिलको कार्यालयसँग समन्वय तथा जिल्ला अदालतको आदेश समेत हुने भएकाले प्रहरीले कीर्ते गरी कागज बनाउन सक्दैन,’ उनले भने, ‘ यस घटनामा प्रहरीले कुनै पनि दुराशय राखेको छैन ।’ 

यसअघि प्रहरीले अनुसन्धान प्रतिवेदनमा मृतकको तस्वीर नै फेरेको पीडित परिवारले आरोप लगाएको थियो ।  एसपी खड्काले प्रहरीले घटनाबारे त्रुटिरहित ढंगले अनुसन्धान गरेको प्रतिबद्धता व्यक्त गरे । ‘प्रहरीको अनुसन्धानलाई लिएर सामाजिक सञ्जालमा अनेक खाले टिका टिप्पणी गरेको पाइयो,’ उनले भने, ‘तथ्यमा रहेर प्रहरीले अनुसन्धान गरेको छ ।

यस घटनामा कथम कदाची अनुसन्धानमा संलग्न प्रहरीले घटनामा लापरबाही गरेको पाइए कारवाहीको दायारमा ल्याउनेछौं । अनुसन्धानमा लापरबाही गर्नेलाई छुट हुदैन सबैलाई विश्वास हुन आग्रह गर्दछु ।’

६ जनाविरुद्ध अभियोग दर्ता 

यस घटनामा सरकारी वकिलको कार्यालयले ६ जना विरूद्ध ‘कर्तब्य ज्यान’ मुद्दामा अदालतमा अभियोग दर्ता गरेको छ । सरकारी वकिलको कार्यालयले मोरङ अदालतमा पक्राउ परेका दुई जना र फरार भएका ४ सहित ६ जना विरूद्ध कर्तब्य ज्यान मुद्दामा अभियोग दर्ता गरेको हो ।

प्रहरीले पक्राउ गरेको होटल संचालक उर्लावारी नगरपालिका ९ का ३४ वर्षिय कुमार राई र प्रविणका साथी मोरङ्ग रतुवामाई नगरपालिका – १० पवित्रा चोकका २९ वर्षिय रिकेश सिवा भन्ने मेहरमान दर्र्जिसहित अन्य चार जनालाई फरार प्रतिवादी बनाएर मंगलबार अभियोग दर्ता गरेको जिल्ला सरकारी वकिलको कार्यालयका जिल्ला न्यायाधीवक्ता मनोजकुमार आचार्यले जानकारी दिए ।

सोही मुद्दामा प्रणिका साथीहरू उर्लावारी नगरपालिका ६ प्रगति टोलका  १९ वर्षिय सुदिप परियार, सोही ठाउँका ३२ वर्षिय राजेश रणपहेली, झापाको गौरादह नगरपालिका ९ का ३१ वर्षिय दिपेश पौडेल र प्रविण शव भेटिएको घरधनी उर्लावारी ६ फिल्म हल छेउका ६० वर्षिय रमेश गिरीलाई फरार प्रतिवादी बनाएर अभियोग दर्ता गरेको हो । मुद्दा चलाइएकामध्ये चार जना यातायात मजदुर हुन् । उनीहरू प्रविणका साथी रहेका छन् । 

अदालतमा अभियोग दर्ता भएपछि पक्राउ परेका होटल संचालक राई र दर्जीको बयान सकिएको मोरङ अदालतका स्रेस्तेदार राजकुमार दाहालले जानकारी दिए । मोरङ अदालतका ७ नम्बर इजालमा प्रतिवादीहरूको बुधबार बयान सकिएको छ । प्रतिवादीहरूको बयान सकिएकोले बिहीबार थुनछेक बहस हुने स्रेस्तेदार दाहालले बताए । गत पुस ५ गते प्रवीणको मृत अवस्थामा उनको साथीको डेरामा शव फेला परेको थियो । ब्लाष्टखबरबाट

सम्बन्धित समाचार