नेतृत्व विकास तथा उद्घोषण तालिम शुरु
झापा । मेची–महाकाली बुहारी संयुक्त आवाज जिल्ला कार्यसमिति झापाको आयोजनामा बुधवारबाट तीन दिवसीय नेतृत्व विकास तथा उद्घोषण तालिम शुरु भएको छ । संस्थामा आबद्ध महिलाको क्षमता अभिवृद्धि गरी निर्धक्क बोल्न सक्ने बनाउने उद्देश्यले आयोजना गरिएको तालिममा मेची –महाकाली बुहारी संयुक्त आवाज जिल्ला कार्यसमिति झापाका पदाधिकारी र संस्थाका दमक उपशाखा समितिका पदाधिकारीको सहभागिता रहेको थियो ।
आगामी शुक्रवारसम्म सञ्चालन हुने तालिमको सहजीकरण पूर्वाञ्चल दैनिकका उपसम्पादक तुलसीप्रसाद निरौलाले गरिरहेको झापा जिल्लाकी कोषाध्यक्ष परूँ सुबेदी रिजालले जानकारी दिइन् ।मेची – महाकाली बुहारी संयुक्त आवाज केन्द्रीय समितिकी अध्यक्ष यमु शर्मा सुब्बा र केन्द्रीय उपाध्यक्ष चन्द्रा काफ्लेले तालिम सफलताको शुभकामना दिएका थिए । कार्यक्रम मेची –महाकाली बुहारी संयुक्त आवाज जिल्ला कार्यसमिति झापाकी संयोजक शिखा खड्का गणेशको अध्यक्षतामा भएको सह–सचिव अम्बिका दाहाल गिरीले जानकारी दिइन् ।