झापामा एकल महिलामाथि सामूहिक बलात्कार, दुई पक्राउ
.jpg)
झापा । झापा कनकाई नगरपालिका ३ स्थित सुरुङ्गा टप्पु क्षेत्रमा एक एकल महिला सामूहिक बलात्कारको सिकार भएकी छिन । ३१ वर्षीय एक सन्थाल समुदायकी महिलालाई कनकाई नगरपालिका- ४ का २८ वर्षीय प्रदीप चौधरी र सोही स्थानका ५० वर्षीय कान्छा भनिने शर्मानन्द भुजेलले बलात्कार गरेर शक्त घाइते बनाएका हुन ।
सन्थाल महिला सुरुङ्गा बजारस्थित टप्पुमा डेरामा राती पुगी ती महिलासँग चिनजानका पुरुष भुजेलले ढोका खोल्न लगाई दुबै जनाले मुखमा समेत कोचेर पालैपालो बलात्कार गरेको पीडित महिलाले बताइन् । उनीहरूले बलात्कार मात्रै नगरेर अनुहार लगायतका विभिन्न भागमा टोक्ने र हिर्काउँदा महिला शक्त घाइते बनेकी छिन । महिलाको हाल उपचार भइरहेको छ ।
बलात्कारमा संग्लनहरुलाई प्रहरीले पक्राउ गरी जबरजस्ती करणी र कुटपिटमा मुद्दा चलाएको छ । केही वर्ष अघि मात्रै आफ्नो श्रीमान् गुमाएकी उनीसँग एउटा ७ वर्षीय छोरो मात्रै छन् । ती छोरा समेत अर्कै घरमा बसेर पठनपाठन गर्दै आएका छन् ।
महिला डेरा बस्ने घरमा उनी र अर्को परिवार समेत बस्दै आएको भए पनि अर्के घरको मानी उक्त दिन घरमा नभएको मौका पारि भुजेल र चौधरीले बलात्कार गरेका हुन । बलात्कार पछि उनीहरूले अप्राकृतिक मैथुन समेत गर्दा महिलाको अत्यधिक रक्त श्राप समेत भएको छ ।