२०८३ जेष्ठ १० गते , आईतबार

जेलभित्र कैदी समूहबिच भिडन्त : ६२ जनाको मृत्यु, दर्जनौँ घाइते

sajilo news
पार्थ मण्डल
२०७७ फाल्गुन १२ गते , बुधबार
जेलभित्र कैदी समूहबिच भिडन्त :  ६२ जनाको मृत्यु, दर्जनौँ घाइते

एजेन्सी । ईक्वेडोरमा ३ बेग्ला बेग्लै कैदी समूहबिच भिडन्त हुँदा ६२ जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएका छन्। कैदीहरू बन्दुक तथा चक्कु प्रहारबाट मारिएका हुन। कैदीहरूको नेतृत्व लिने सम्बन्धमा विवाद बढ्दै गएपछि झडप भएको थियो । त्यहाँ झडपको स्थिति साम्य पार्न जेलमा कार्यरत सुरक्षाकर्मी बाहेक थप ८ सय जना परिचालन गरिएको थियो।

सो झडपमा उच्च सुरक्षा सुरक्षाकाबीच रहेका कैदीहरु पनि सहभागी  भएका थिए। जेलभित्रको सुरक्षा व्यवस्थालाई लिएर अधिकारीहरूले सुरक्षा निकायको आलोचना गरेका छन्। घटना बारे अनुसन्धान सुरु गरिएको जनाइएको छ।

सम्बन्धित समाचार