२०८३ बैशाख ३ गते , विहीबार

भद्रपुर जेसीजद्धारा राष्ट्रिय उपाध्यक्ष थापालाई सम्मान

sajilo news
पार्थ मण्डल
२०७७ फाल्गुन १२ गते , बुधबार
भद्रपुर जेसीजद्धारा राष्ट्रिय उपाध्यक्ष थापालाई सम्मान

भद्रपुर । पूर्वका शाखा भ्रमणका क्रममा भद्रपुर जेसीज आइ पुगेका नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष रजनी थापालाई स्वागत तथा सम्मान गरिएको छ । 

भद्रपुर जेसीजका अध्यक्ष जेसी खिलनाथ पाण्डे (निकास) को अध्यक्षतामा मङ्गलवार सम्पन्न भएको कार्यक्रममा भद्रपुर जेसीजका पूर्व अध्यक्षहरू लोकनाथ भट्टराई, हरि पोख्रेल, वसन्त पोख्रेल,  किरण खतिवडा, अभिषेक ढुङ्गानाका साथै बोर्डका पदाधिकारीहरूको उपस्थितिमा राष्ट्रिय उपाध्यक्ष थापालाई स्वागत तथा सम्मान गरिएको हो । 

प्रमुख अतिथि राष्ट्रिय उपाध्यक्ष जेसी रजनी थापा, भद्रपुर जेसीज पूर्व अध्यक्ष लोकनाथ भट्टराई, निवर्तमान अध्यक्ष जेसी डिल्लीराम पोखरेल लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रममा स्वागत मन्तव्य  अरिफ अलिले राखेका थिए । जेसीज सचिवालयमा सम्पन्न कार्यक्रममा आस्था वाचन  युवराज न्यौपाने गरेका थिए । 

सम्बन्धित समाचार