२०८१ फाल्गुन ४ गते , आईतबार

श्रीमतीको हत्या गरेको आरोपमा भुटानी शरणार्थी पक्राउ

sajilo news
पार्थ मण्डल
२०७७ फाल्गुन ११ गते , मंगलबार
श्रीमतीको हत्या गरेको आरोपमा भुटानी शरणार्थी पक्राउ

झापा । श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा एक भुटानी शरणार्थीलाई प्रहरीले पक्राउ गरेको छ । मङ्गलवार बिहान ५ बजे दमक नगरपालिका ३ स्थित भुटानी शरणार्थी शिविर सेक्टर डी ४ छाप्रा नम्बर ३९ बस्ने ५५ वर्षीय सरे राईले आफ्नै श्रीमती ४९ वर्षिया विष्णुमाया तामाङ राईलाई मादक पदार्थ सेवन गरी कुटपिट गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो ।

कुटपिट पश्चात् फरार रहेका राईलाई प्रहरी चौकी बाघ खोर र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक २ स्थित एक घरमा लुकेर बसिरहेको अवस्थामा पक्राउ गरेको हो । मृतक लासको कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमको लागि दमक अस्पताल पठाइएको र हत्या गर्ने राईलाई इलाका प्रहरी कार्यालय दमकमा ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित समाचार