२०८० चैत्र १६ गते , शुक्रबार

प्रशान्त महासागरमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी 

sajilo news
पार्थ मण्डल
२०७७ माघ २८ गते , बुधबार
प्रशान्त महासागरमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी 

एजेन्सी । दक्षिण प्रशान्त महासागरमा बुधबार साँझ शक्तिशाली भूकम्प गएको छ । त्यहाँ ७.७ म्याग्निच्युटको भूकम्प गएको हो । भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ । अमेरिकी भूवैज्ञानिक एजेन्सीका अनुसार लोयल्टी द्वीप समूहबाट १० किलोमिटर दक्षिण पूर्वी गहिराइलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । यसको धक्का न्यूजील्याण्डदेखि इन्डोनेसियासम्म महसुस गरिएको छ । भूकम्पले पुर्याएको क्षतिको विवरण आइसकेको छैन ।

अष्ट्रेलियाको मौसम एजेन्सी व्यूरो अफ मेट्रोलोजीले भने भूकम्प गएका कारण सुनामी आएको पुष्टि गरेको छ । अष्ट्रेलियाले सुनामीबाट लर्ड होवे द्वीप जोखिममा रहेको चेतावनी दिएको छ । अमेरिकी सुनामी चेतावनी केन्द्रले भने भानुआटु र फिजीमा १ देखि ३.३ फुट माथिसम्म सुनामीको लहर आउनसक्ने चेतावनी दिएको छ ।

सम्बन्धित समाचार