२०८३ बैशाख ३ गते , विहीबार

रेडक्रस उपशाखा भद्रपुरको सभामा रोटरीसहित चार संस्थालाई सम्मान

sajilo news
पार्थ मण्डल
२०७७ माघ २४ गते , शनिबार
रेडक्रस उपशाखा भद्रपुरको सभामा रोटरीसहित चार संस्थालाई सम्मान

भद्रपुर । नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाको १६ औं सभा विभिन्न निर्णयहरू गर्दै सम्पन्न गरिएको छ । रेडक्रस सोसाइटी झापा शाखाका सभापति तथा केन्द्रीय सदस्य एवं विधान मस्यौदा समितिका सदस्य लोकराज ढकालको प्रमुख आतिथ्य र भद्रपुर उपशाखाका सभापति गोपाल गिरीको अध्यक्षतामा सभा सम्म भएको हो ।
उपशाखा भवन र जग्गाको घेरावारि गर्ने, अक्षय कोष वृद्धि गर्दै कम्तीमा १० लाख पुर्‍याउने लगायत मानवीय हितका क्रियाकलाप निरन्तर गर्ने निर्णयहरू गर्दै उपशाखा सभा सम्पन्न भएको सचिव दीप लिम्बूले जानकारी दिए ।
उपशाखा सभामा भद्रपुर रेडक्रससँग सहकार्य गर्दै रक्तदान लगायतका क्रियाकलाप गर्ने चार वटा संस्थाहरू रोटरी क्लब अफ भद्रपुर, भद्रपुर मारवाडी सङ्घ, मदन भण्डारी नर्सिडग क्याम्पस र भद्रपुर मारवाडी युवा मञ्चलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा रेडक्रसका पूर्व कोषाध्यक्ष भक्त खवास, ८ नं वडा अध्यक्ष गौरव सुब्बा, सम्मानित संस्था नर्सिडग क्याम्पसकी प्रिन्सिपल रञ्जना डाँगी र भद्रपुर उपशाखाका सल्लाहकार गोविन्द कोइरालाले सुझाव सहित मन्तव्य राखेका थिए ।
सचिव दीप लिम्बुले वार्षिक प्रतिवेदन , कोषाध्यक्ष शिला भट्टराईले आर्थिक प्रतिवेदन र उपसचिव लता खरेलले सञ्चालन गरेको कार्यक्रममा नेत्र पोखरेल, राम प्रसाद दवाडीले सुझाव प्रस्तुत गरेका थिए । कार्यक्रममा वडा अध्यक्ष गौरव सुब्बा र समाजसेवी सत्यनारायण तायलले विशिष्ट सदस्यता लिने घोषणा गरे ।

सम्बन्धित समाचार