२०८३ कार्तिक २६ गते , बुधबार
'अर्नब' चक्रवात : भद्रपुरमा आज हुने भनिएको अन्तर्राष्ट्रिय हक्की प्रतियोगिता भोलि उद्घाटन हुने
बंगालको खाडीमा विकसित 'अर्नब' चक्रवातको प्रभावका कारण झापाको भद्रपुरमा आयोजना हुने प्रथम अन्तर्राष्ट्रिय ५ एस हक्की प्रतियोगिताको उद्घाटन समारोह एकदिन पछि सारिएको छ। आज हुने भनिएको उद्घाटन अब भोलि १४ गते बिहान १० बजे गरिने आयोजकले जनाएको छ।
नेपालमै पहिलोपटक हुन लागेको प्रतियोगितामा भारतका तीनसहित नेपालका विभागीय, प्रदेश तथा आयोजक गरी १० टोली सहभागी हुँदैछन्। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।
प्रतियोगिता भद्रपुरको पुहाँतुबारीस्थित पुहाँतु जनज्योति माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन हुनेछ। प्रतियोगिताको विजेताले २ लाख रुपैयाँ र उपविजेताले १ लाख रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछन्।