२०८३ आश्विन ३ गते , शनिबार

एमरेल्ड एकेडेमीमा कक्षा ११ का विद्यार्थीलाई स्वागत

sajilo news
रासस
२०८३ आश्विन ३ गते , शनिबार
एमरेल्ड एकेडेमीमा कक्षा ११ का विद्यार्थीलाई स्वागत

भद्रपुर । भद्रपुर–७ स्थित एमरेल्ड एकेडेमीले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीलाई स्वागत सम्मान गरेको छ। विद्यालय परिसरमा आयोजित कार्यक्रममा नयाँ विद्यार्थीलाई टीका, खादा तथा फूलको गुच्छासहित स्वागत गर्दै सफल शैक्षिक यात्राको शुभकामना दिइएको थियो।

नयाँ विद्यार्थीलाई विद्यालय परिवारसँग औपचारिक रूपमा परिचित गराउँदै नयाँ शैक्षिक यात्राका लागि उत्साहित बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक डिगम्बरराज अधिकारीले जानकारी दिए । विद्यालयले विगतका वर्षमा कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्दै आएको उल्लेख गर्दै उनले भने, 'आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिन विद्यार्थी, शिक्षक र अभिभावकबीच सहकार्य आवश्यक छ ।' उनले कक्षा ११ र १२ को अध्ययनलाई उच्च शिक्षाको आधारका रूपमा लिएर नियमित अध्ययनसँगै अनुशासन र असल संस्कारलाई प्राथमिकता दिन विद्यार्थीलाई आग्रह गरे।

कार्यक्रममा कक्षा ११ र १२ का विद्यार्थीहरूले विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुति दिएका थिए। विद्यार्थीहरूले नृत्य, प्रहसन, नाटक तथा गायन प्रस्तुत गर्दै कार्यक्रमलाई थप आकर्षक बनाएका थिए।

सम्बन्धित समाचार