२०८३ श्रावण २० गते , बुधबार

भारतीय चर्चित अभिनेता प्रदीप रावतको निधन

sajilo news
एजेन्सी
२०८३ श्रावण २० गते , बुधबार
भारतीय चर्चित अभिनेता प्रदीप रावतको निधन

भारतीय चर्चित अभिनेता प्रदीप रावतको निधन भएको छ । ब्लड क्यान्सर पिडित उनको ७४ वर्षीय रावतको मंगलबार साँझ उपचारको क्रममा निधन भएको हो ।

मुम्बईस्थित कोकिला बेन अस्पतालमा उनी उपचाररत थिए। तेलुगु, हिन्दी र तमिल चलचित्रका अभिनेता समेत रहेका रावतले चन्द्र पन्तको निर्देशनमा बनेको नेपाली चलचित्र ‘आ बाट आमा’ र ‘ह्रस्व दीर्घ’ मा अभिनय गरेका थिए ।

रावतले ‘महाभारत’ सिरियलमा अस्वस्थामाको भूमिका निर्वाह गरेका थिए। उनले ‘सरफरोस, लगान, गजिनी’मा खलपात्रको भूमिकामा समेत अभिनय गरेका थिए ।

उनले हालै नेपाली चलचित्र ‘आबाट आमा २’ को छायांकन पूरा गरेका थिए । रावतको निधनको खबरपछि अभिनेत्री विपना थापाले सामाजिक सञ्जालमार्फत गहिरो दुःख व्यक्त गरेका छन् । भारतीय कलाकारहरूले पनि सामाजिक सञ्जालमा रावतको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि दिइरहेका छन् ।

सम्बन्धित समाचार