२०८३ असार २३ गते , मंगलबार
तीन दिनदेखि बेपत्ता भद्रपुरका वृद्ध आफ्नै बारीमा मृत फेला
भद्रपुर । झापाको भद्रपुरमा एक वृद्ध आफ्नै बारीमा मृत अवस्थामा फेला परेका छन्। भद्रपुर नगरपालिका–१ का ७८ वर्षीय अमृतबहादुर तामाङ मृत अवस्था फेला परेको प्रहरीले जनाएको छ। तामाङ विगत तीन दिनदेखि सम्पर्कविहीन भएपछि परिवारजन र स्थानीयवासीले खोजी गरिरहेका थिए।
आज बिहान उनी आफ्नै बारीमा मृत अवस्थामा फेला परेपछि घटनाबारे प्रहरीलाई जानकारी गराइएको थियो। सूचना प्राप्त हुनासाथ घटनास्थल पुगेको प्रहरी टोलीले मुचुल्का उठाउने तथा आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ। मृत्युको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ।