२०८३ जेष्ठ १९ गते , मंगलबार

पर्वतमा जिप दुर्घटना, वडा सदस्यको मृत्यु

sajilo news
झापा
२०८३ जेष्ठ १९ गते , मंगलबार
पर्वतमा जिप दुर्घटना, वडा सदस्यको मृत्यु

जिल्लाको कुश्मा नगरपालिका–१४ आर्थरमा सोमबार राती भएको जिप दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश पौडेलका अनुसार आर्थरको वडा कार्यालयबाट चरीपानीतर्फ जाँदै गरेको ग १ ज ५८६५ नम्बरको जिप सोमबार राति करिब पौने ९ बजेको समयमा अँधेरीनेटा भन्ने स्थानमा दुर्घटनामा परेको हो।

दुर्घटनामा परी आर्थरका वडा सदस्य ५२ वर्षीय केशवराज पौडेलको निधन भएको हो। टाउको र शरीरको विभिन्न भागमा गम्भीर चोट लागेका उनलाई उपचारको लागि पोखरा लगिएकोमा चिकित्सक मृत घोषणा गरेका हुन्।

 दुर्घटनामा जिपका चालक आर्थरकै २७ वर्षिय बुद्धि सागर पौडेल र ४६ वर्षिय राजेन्द्र पौडेल घाइते भएका छन्। उनीहरू दुवैको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको तथा अवस्था मध्यम रहेको तथा थप उपचार पोखरामा भइरहेको प्रहरीले बताएको छ।

यात्रुहरूलाई छोडी चालक घर फर्किने क्रममा भएको दुर्घटनामा उक्त बलेरो पिक अप जिप सडकबाट करिब ५ सय मिटर तल खसेको थियो।

सम्बन्धित समाचार