२०८३ जेष्ठ १९ गते , मंगलबार

मोटरसाइकल पर्खालमा ठोक्किँदा चालकको मृत्यु, एक गम्भीर घाइते

sajilo news
झापा
२०८३ जेष्ठ १९ गते , मंगलबार
मोटरसाइकल पर्खालमा ठोक्किँदा चालकको मृत्यु, एक गम्भीर घाइते

उदयपुरको त्रियुगा नगरपालिका - १२ बुद्ध चोकमा मंगलबार बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 
जनप्रेमी आधारभूत विद्यालयबाट बुद्ध चोकतर्फ जाँदै गरेको स.९.प. ८२५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई स्थानीय बलदेव चौधरीको इट्टाको पर्खालमा ठक्कर खाँदा दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक २४ वर्षीय हेमन्त सदाको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी राजन चापागाईँले जानकारी दिए । 

दुर्घटनामा गम्भीर घाइते मोटरसाइकलको पछाडि सवार स्थानीय १८ वर्षीय राकेश सदालाई थप उपचारका लागि विराटनगर पठाइएको उनले बताए ।

सम्बन्धित समाचार