२०८२ माघ २८ गते , बुधबार

झापामा सिँढीबाट लड्दा एक युवकको मृत्यु 

sajilo news
झापा
२०८२ माघ २७ गते , मंगलबार
झापामा सिँढीबाट लड्दा एक युवकको मृत्यु 

झापाको कमल गाउँपालिकामा सिँढीबाट लड्दा एक युवकको मृत्यु भएको छ। आज दिउँसो करिब ४ः३० बजे बाह्रदशी गाउँपालिका स्थायी घर भई हाल कमल गाउँपालिका–७ स्थित ठुलो बाह्रघरे पशुपति टोलमा मामा राजकुमार ताजपुरियाको घरमा बस्दै आएका २५ वर्षीय युस राजवंशी पक्की एकतले घरको सिँढीबाट लडेर गम्भीर घाइते भएका थिए।

घाइते राजवंशीलाई उपचारका लागि उनका मामाले निम्स अस्पताल दमक लगेका थिए। अस्पतालमा चिकित्सकले चेकजाँच गर्दा साँझ ५ः४० बजे उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।  घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाउन इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी निरीक्षक नवीन राईको कमान्डसहितको टोली खटाइएको छ । 

सम्बन्धित समाचार