मोरान मेमोरियल स्कुल भद्रपुरको खेलकुद दिवस सम्पन्न
भद्रपुर । भद्रपुर-६ स्थित मोरान मेमोरियल स्कुलमा वार्षिक खेलकुद दिवस शनिबार विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकासमा खेलकुदको महत्त्व उजागर गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा विभिन्न खेलकुद गतिविधि समावेश गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि दार्जिलिङ र नेपालका क्षेत्रीय प्रमुख फादर सजुमन सिके र विशेष अतिथि भद्रपुर नगर शिक्षा प्रमुख पवित्रा ढकालको सहभागी रहेको थियो । खेलकुद दिवसको अवसरमा विद्यार्थीहरूले आफ्नो प्रतिभा प्रस्तुत गर्दै उत्कृष्ट प्रदर्शन गरेका थिए ।
कार्यक्रममा पूर्व विद्यार्थी, अभिभावक तथा अन्य आगन्तुक अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।विद्यालयका प्रिन्सिपल फादर निकोलस क्रिस्तुराजले खेलकुदले विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले यसलाई निरन्तर प्राथमिकतामा राख्दै आएको बताए । उनका अनुसार खेलकुद दिवसमा एलकेजीदेखि कक्षा १० सम्मका विद्यार्थीहरूका लागि विभिन्न खेलहरू, नृत्य, ड्रिल तथा पिरामिड जस्ता आकर्षक गतिविधिहरू समावेश गरिएको थियो ।
सम्बन्धित समाचार
कनकाईस्थित विद्युतीय शवदाह गृह कहिले सञ्चालनमा आउँछ ?
प्रियंका कार्कीको ‘मास्टर्नी’ लाई एडल्ट सर्टिफिकेट, १६ बर्ष मुनिकालाई देखाउन नपाइने
भारतको ८०औँ स्वतन्त्रता दिवस : १ करोड युवालाई एआई सम्बन्धी तालिम दिइने प्रधानमन्त्रीको घोषणा