२०८३ बैशाख ७ गते , सोमबार

खाल्डोमा डुबेर झापा गाउँपालिकामा एक बालकको मृत्यु

sajilo news
झापा
२०८२ पौष १३ गते , आईतबार
खाल्डोमा डुबेर झापा गाउँपालिकामा एक बालकको मृत्यु

झापा गाउँपालिकामा पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । आज दिउँसो अन्दाजी २.३० बजेतिर घरअगाडिको खाल्डोमा डुबेर झापा गाउँपालिका-२ सडकवारि बस्ने दिनेश कँडेलका  ३ वर्षीय छोरा दिवांस कँडेलको मृत्यु भएको हो ।

खेल्ने क्रममा पानीमा डुबेर सिकिस्त भएका बालकलाई उपचारका लागि बिर्ता सिटी अस्पताल बिर्तामोड ल्याइएकोमा उपचारका क्रममा दिउँसो ३.३० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

सम्बन्धित समाचार