२०८३ बैशाख ११ गते , शुक्रबार
मोरङमा टिपरले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते
मोरङमा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटचोक-घिनाघाट सडक खण्डअन्तर्गत ग्रामथान गाउँपालिका–५ ककडमाडीमा प्रदेश १–०२–००१ ख ९७७० नम्बरको टिपरले प्रदेश १–०२–०५२ प ९००५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
ठक्करबाट स्कुटरमा सवार ग्रामथान–५ का १४ वर्षीय अनुप कार्कीको मृत्यु भएको हो । स्कुटर चालक ग्रामथान–५ बस्ने ३५ वर्षीय केशर कार्की घाइते भएका छन् ।
दुर्घटनालगत्तै टिपर र चालक सुन्दरहरैँचा नगरपालिका–४ का २४ वर्षीय सञ्जय चौधरीलाई नियन्त्रणमा लिएको मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपाने जानकारी दिए ।