२०८३ बैशाख ११ गते , शुक्रबार

चारआली जंगलमा हात्तीको आक्रमणबाट एक जना घाइते

sajilo news
झापा
२०८२ पौष १० गते , विहीबार
चारआली जंगलमा हात्तीको आक्रमणबाट एक जना घाइते

जंगली हात्तीको आक्रमणबाट मेचीनगरमा एक जना घाइते भएका छन् । हिजो साँझ ६ बजे मेचीनगर नगरपालिका–१३ चारआलीमा रहेको हातेमालो सामुदायिक वनभित्र दाउरा लिन गएका स्थानीय २६ वर्षीय आकाश दाहाललाई अचानक आएको एउटा हात्तीले आक्रमण गरी घाइते बनाएको हो ।

घाइतेको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । उनको दाहिने खुट्टामा चोट लागेको छ । प्रहरी चौकी चारआलीबाट प्रहरी टोली गएपछि हात्ती जंगलतर्फ भागेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार