२०८३ बैशाख ११ गते , शुक्रबार

कोशी प्रदेश क्रिकेट टोलीका विकेट-किपर थापाको मोटरसाइकल दुर्घटनामा परी मृत्यु

sajilo news
झापा
२०८२ पौष १० गते , विहीबार
कोशी प्रदेश क्रिकेट टोलीका विकेट-किपर थापाको मोटरसाइकल दुर्घटनामा परी मृत्यु

मोटरसाइकल दुर्घटनामा परी कोशी प्रदेश क्रिकेट टोलीका विकेट-किपर २७ वर्षीय मिनाश थापाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार गएराति विराटनगर–४ स्थित एयरपोर्ट लाइनमा दुर्घटना भएको हो ।

एयरपोर्टबाट गणेश चोकतर्फ जाँदै गर्दा थापा सवार १–०२–०४२ प– ८००२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिँदा उनी गम्भीर घाइते भएका थिए ।

घाइते थापालाई उपचारका लागि कोशी अस्पताल पुर्‍याइए पनि राति साढे १२ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरी प्रवक्ता डीएसपी कोपिला चुडालले जानकारी दिइन् । मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटनामा परेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

प्रहरीका अनुसार थापा विराटनगर महानगरपालिका–५ निवासी हुन्। क्रिकेटका राष्ट्रिय खेलाडी थापा कोशी प्रदेशबाट प्रतिनिधित्व गर्दै ९ वर्षभन्दा लामो समयदेखि खेलिरहेका थिए। ब्याट्सम्यान उनले केही फ्रेन्च आई लिगसमेत खेलिसकेको परिवारले जनाएको छ।

सम्बन्धित समाचार