काठमाण्डु गोर्खाजले पोखरा एभेन्जर्सलाई १३ रनले हरायो
साहव आलमको धारिलो बलिङका कारण पोखरा एभेन्जर्सविरूद्ध काठमाण्डु गोर्खाजले १३ रनको जित हात पारेको छ। काठमाण्डुले दिएको १६६ रन पछ्याएको पोखराले सबै विकेट गुमाएर १५२ रन बनायो।
पोखराका लागि रिषी धमलाले सर्वाधिक ५४ रन बनाए पनि जितका लागि पर्याप्त भएन। एडम रोसिङ्टोन५ , जोसन रोय१६, ट्रित राज दास ९ , कुशल भूर्तेल२२, धनन्जय लक्षण ३० , किरण ठगुन्ना ५ रनमा आउट भए।
काठमाण्डुका लागि आलमले ६ विकेट लिए भने कप्तान करण केसी र सन्नी पटेलले समान दुई दुई विकेट लिए। टस हारेर ब्याटिङमा उत्रिएको काठमाण्डुले ८ विकेट गुमाएर १६५ रन बनायो। काठमाण्डुका लागि बेन चार्ल्सले सर्वाधिक ६४ रन बनाए भने भीम सार्कीले २३ बलमा ५५ रनको महत्वपूर्ण योगदान दिए।
मिलिन्द कुमार १३, जोन सिम्पसन २, मोहम्मद आदिल अन्सारी र रसिद खानले समान ७/७ रन बनाउँदा करण केसी ४ रनमा आउट भए। आकाश त्रिपाठी शून्यमै पेभेलियन फर्किए।
पोखराका लागि धन्नजय लक्षणले चार कुशल भूर्तेलले दुई, विपिन खत्री र किरण ठगुन्नाले समान एक एक विकेट लिए। यस अगाडि पाँच खेलबाट चार अङ्क मात्र जोडेको पोखरालाई प्लेअफको सम्भावना जीवित राख्न जित्नै पर्ने दबाब थियो।
सम्बन्धित समाचार
कनकाईस्थित विद्युतीय शवदाह गृह कहिले सञ्चालनमा आउँछ ?
प्रियंका कार्कीको ‘मास्टर्नी’ लाई एडल्ट सर्टिफिकेट, १६ बर्ष मुनिकालाई देखाउन नपाइने
भारतको ८०औँ स्वतन्त्रता दिवस : १ करोड युवालाई एआई सम्बन्धी तालिम दिइने प्रधानमन्त्रीको घोषणा