२०८२ मंसीर १२ गते , शुक्रबार

विराटनगरको पहिलो हार, चितवनका रञ्जितले लिए पाँच विकेट

sajilo news
काठमाडौं
२०८२ मंसीर १० गते , बुधबार
विराटनगरको पहिलो हार, चितवनका रञ्जितले लिए पाँच विकेट

चितवन राइनोजका रञ्जित कुमारले पाँच विकेट लिँदा विराटनगर किङ्सको अपराजित यात्रामा ब्रेक लागेको छ। चितवनले दिएको १७५ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगरले १६.५ ओभरमा सबै विकेट गुमाएर १२६  रन बनायो। विराटनगरका मर्चेन्ट दे लांगेले सर्वाधिक ३९ रनाए। प्रतिश जीसीले ३० र  साम हेजलेट २२ रन बाहेक अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन्। लोकेश बम ७, शुभम रन्जने ६, नरेन भट्ट, जर्ज मुन्से, नारायण जोशीले समान चार/ चार रन जोड्दा बसिर अहमद र सूर्य तामाङले खाता पनि नखोली पेभेलियन फर्किए।

चितवनका लागि रञ्जित कुमार अलवा कमलसिंह ऐरीले दुई,  कप्तान कप्तान कुशल मल्ल सैफ जैव र सोहेल तन्विरले समान एक एक विकेट लिए।

टस हारेर ब्याटिङमा उत्रिएको चितवनले ५ विकेट गुमाएर १७४ रन बनाएको थियो। चितवनका लागि लागि रवि बोपराले ६५ रन बनाएर आउट भए भने डेविड मिलन १७, देव खनाल २७, सैफ जैव ३२, दीपक बोहरा ५ रन बनाए। कप्तान कुशल मल्लले नटआउट २० रन बनाएका थिए।

विराटनगरका लागि कप्तान सन्दीप लामिछाने र मर्चेन्ट दे लांगेले समान दुई दुई विकेट लिए भने सुभम रन्जनेले एक विकेट लिए। नेपाल प्रिमियर लिग (एनपीएल)मा सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनर यसअघिका लगातार तीन खेलमा जित हात पारेको थियो।

विराटनगरले यसअघि पहिलो खेलमा पोखरा एभेन्जर्सविरुद्ध ५३ रनको जित निकालेको थियो। दोस्रो खेलमा काठमाण्डू गोर्खाजलाई पाँच विकेटले र तेस्रो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई ९ रनले हराएको थियो। यता, पहिलो खेलमा कर्णाली याक्सलाई चार विकेटले हराए पनि चितवनले दोस्रो खेलमा भने लुम्बिनी लायन्सविरुद्ध ६ विकेटको हार व्यहोरेको थियो।

सम्बन्धित समाचार