काठमाडौंमाथि सुदूरपश्चिमको रोमाञ्चक जित
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा हर्मित सिंहको अलराउन्ड प्रदर्शनले सुदूरपश्चिम रोयल्सले घरेलु टोली काठमाडौं गोर्खाजविरुद्ध २९ रनको रोमाञ्चक जित हासिल गरेको छ। जितका लागि सुदूरपश्चिमले दिएको १४८ रनको लक्ष्य पछ्याएको काठमाडौँ १६.५ ओभरमा अलआउट हुँदै ११८ रनमा समेटियो।
उसका लागि आकाश त्रिपाठीले बनाएको ३४ रन नै सर्वाधिक रह्यो। जोन सिम्पसनले २४, भीम सार्कीले १२, मिलन्द कुमारले ११ तथा सन्नी पटेलले १० रन बनाए पनि अन्य कुनै पनि ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन्।
त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारे पहिले ब्याटिङमा तानिएको सुदूरपश्चिमले निर्धारित ओभरममा सबै विकेट गुमाएर १४७ रन बनाएको थियो। उसका लागि हर्मित सिंले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ५३ रनको योगदान गरे। २० बल खेलेका उनले ६ छक्का र दुई चौका प्रहार गरे।
कुनै वेला १५ ओभरमा ६ विकेट गुमाएर ८० रनको अवस्थामा रहेको सुदूरपश्चिमको इनिङ हर्मितले नै उकासे। दीपेन्द्रसिं ऐरीले ३९ तथा आरिफ शेखले २५ रन बनाए। ईशान पाण्डेले ११ रन बनाए। हेमन्त धामीले ३ तथा अविनाश बोहराले १ रन बनाए। ओपनर जोस ब्राउन र विनोद भण्डारी दुवै शून्य रनमै आउट भए भने स्टार ब्याटर क्रिस लिनले मात्र २ रन जोडे। स्कट क्रिस्टोफर कुग्गेलेइजन १ रनमा समेटिए। बलिङतर्फ करण केसीले सर्वाधिक ४ विकेट लिए।