२०८२ मंसीर १२ गते , शुक्रबार

काँग्रेस बिर्तामोडका वडा सभापतिसहित दर्जन बढी कार्यकर्ता राप्रपामा प्रवेश

sajilo news
झापा
२०८२ कार्तिक ३० गते , आईतबार
काँग्रेस बिर्तामोडका वडा सभापतिसहित दर्जन बढी कार्यकर्ता राप्रपामा प्रवेश

बिर्तामोड । नेपाली काँग्रेस बिर्तामोडका वडा सभापतिसहित दर्जन बढी कार्यकर्ता आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका छन्। नेपाली काँग्रेसका वडा सभापति मदन गुरूङ्ग, क्षेत्रीय सदस्य छविराम आचार्य, क्रियाशील सदस्यहरू भोलानाथ भट्टराई, पुकार अर्याल, हरि उप्रेती, भीम थापा, कुमार गुरूङ्ग लगायत कार्यकर्ताहरू राप्रपामा प्रवेश गरेका हुन्।

राप्रपा केन्द्रीय अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनको हल्दीबारी-१ निवासमा नेपाली काँग्रेस, नेकपा एमाले लगायत विभिन्न पार्टी परित्याग गरेका कार्यकर्ताहरूलाई अध्यक्ष लिङदेनले राप्रपामा स्वागत गरेका छन् ।  राप्रपाले बोकेको भ्रष्ट्राचार विरोधी एजेन्डा मन पराएर पछिल्लो समय पार्टी प्रवेश गर्ने बढ्दै गएका छन्।

सम्बन्धित समाचार