२०८२ मंसीर १२ गते , शुक्रबार

बिहार विधानसभा चुनावको मतगणना सुरु, को बन्ला मुख्यमन्त्री ?

sajilo news
एजेन्सी
२०८२ कार्तिक २८ गते , शुक्रबार
बिहार विधानसभा चुनावको मतगणना सुरु, को बन्ला मुख्यमन्त्री ?

भारतको बिहार विधानसभा चुनावको मत गणना सुरु भएको छ । दुई चरणमा नोभेम्बर ६ र ११ मा भएको निर्वाचनको मत गणना आज बिहान ८ बजेदेखि सुरु भएको भारतको निर्वाचन आयोगले जनाएको छ। पछिल्लो मत परिणाम अनुसार एनडीए १२५ सिटले अगाडि देखिएको छ । 

निर्वाचनपछि सार्बजनिक गरिएका एक्जिट पोलले भारतीय जनता पार्टी नेतृत्वको एनडीएलाई बहुत्मत आउने संकेत दिएको छ। १३ एजेन्सीहरूको सर्वेक्षणले एनडीएलाई १५४ सिटको जितको भविष्यवाणी गरेको छ। त्यस्तै महागठबन्धनले औसतमा ८४ सिट जित्ने अनुमान गरिएको छ भने अन्यले ५ सिट जित्न सक्ने अनुमान गरिएको छ।

पहिलो पटक चुनाव लडिरहेको प्रशान्त किशोरको जन सुरज पार्टीले यस चुनावमा कुनै प्रभाव पार्न नसकेको एक्जिट पोलले देखाएको छ। यसले ३/५ सिट जित्ने अनुमान गरिएको छ।

गत चुनावमा एनडीएले १२५, महागठबन्धनले ११० र अन्यले ८ सिट जितेका थिए। यसको अर्थ एनडीएले यस पटक लगभग २९ सिट बढी जित्ने अनुमान गरिएको छ भने महागठबन्धनले २८ सिट गुमाउने अनुमान गरिएको छ।

राज्यमा २४३ सिटका लागि दुई चरणमा चुनाव भएको थियो। पहिलो चरणमा १२१ सिटका लागि ६५ प्रतिशत मतदाता मतदान भएको थियो भने दोस्रो चरणमा रेकर्ड ६७ प्रतिशत मत खसेको थियो। 

 

सम्बन्धित समाचार