२०८२ मंसीर १२ गते , शुक्रबार

एमालेले गर्‍यो झापाका विभिन्न पालिकामा शक्ति प्रदर्शन

sajilo news
झापा
२०८२ कार्तिक २५ गते , मंगलबार
एमालेले गर्‍यो झापाका विभिन्न पालिकामा शक्ति प्रदर्शन

बिर्तामोड । नेकपा एमालेको केन्द्रीय कार्यक्रम अन्तर्गत झापाका अधिकांश पालिकाहरूमा आज एमालेले शक्ति प्रदर्शन गरेको छ । झापामा अधिकांश पाकिलाहरुमा मोटरसाइकल ¥याली गर्दै शक्ति प्रदर्शन गरेको हो । 

विघटित प्रतिनिधिसभा पुनः स्थापनाको माग गर्दै नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले जिल्ला अधिकांश पालिकाहरूमा मोटरसाइकल ¥याली सम्पन्न गरेको छ । लोकतन्त्रको जगेर्ना र संविधानको रक्षा गर्न एमाले सडकमा आएको नेताहरूको धारणा छ ।

झापाको मेचीनगर, भद्रपुर, कनकाई, शिवसताक्षी, गौरादह नगरपालिका र झापा, गौरीगञ्ज, कमल गाउँपालिकाले मोटरसाइकल ¥याली गरेको एमाले झापाका सचिव तुलसी कार्कीले जानकारी दिए । हल्दिवारीमा नेकपा एमालेले कृषिमा भएको क्षतिको राहत माग्दै कोणसभा गरेको छ भने बुद्धशान्ति गाउँपालिकाले प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको सचिव कार्कीले जानकारी दिए । 

यसअघि बिर्तामोड, दमक, अर्जुनधारा, कचनकवल गाउँपालिकाले मोटरसाइकल ¥याली गरेका थिए । बाह्रदशी गाउँपालिकाले आगामी मंसिर १ गते क्षेत्र स्तरीय जनवादी सांस्कृतिक कार्यक्रम आयोजना गर्दैछ । जिल्लाका सबै पालिकाहरूमा शक्ति प्रदर्शन गरेको एमालेले कात्तिक २९ गते जिल्लास्तरीय जनजागरणसभा बिर्तामोडमा आयोजना गर्दैछ । 

जेनजी आन्दोलनका क्रममा आगलागी र तोडफोड लगायत आपराधिक काममा सक्रिय व्यक्तिहरूलाई यथाशक्य कानुनी कारबाहीको माग गरिएको छ । नागरिकको सुरक्षामा जोखिम भएको जनाउँदै एमालेले सरकारसँग सुरक्षा प्रबन्ध मिलाउन प्रदर्शनका क्रममा अपील समेत गरेको छ । 

कार्यक्रममा स्थानीय नेताहरूले सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा नेताहरूले जिल्लामा एमालेले आम नागरिकलाई उत्साही बनाएको बताएका छन् । एमाले नेता कार्यकर्ताहरूमा समेत जिल्लामा भएका कार्यक्रमले थप सक्रिय हुन प्रोत्साहन मिलेको प्रक्रिया दिएका छन् ।

सम्बन्धित समाचार