२०८२ मंसीर १२ गते , शुक्रबार

झापामा एमालेको जागरणसभा कार्तिक २९ मा

sajilo news
झापा
२०८२ कार्तिक २५ गते , मंगलबार
झापामा एमालेको जागरणसभा कार्तिक २९ मा

बिर्तामोड । नेकपा एमाले झापाले कात्तिक २९ गते जिल्लास्तरीय शक्ति प्रदर्शन गर्ने भएको छ । संसद् पुनर्स्थापना, संविधानको रक्षा र असंवैधानिक सरकार खारेजीको माग गर्दै प्रदर्शन गर्न लागिएको एमाले झापाका अध्यक्ष प्रेम बहादुर गिरीले जानकारी दिए ।

जेनजी आन्दोलनका क्रममा संलग्न आपराधिक र अराजक गतिविधिमा संलग्नहरूलाई कारबाहीका लागि दबाब दिन समेत जिल्लास्तरीय जनजागरणसभा आयोजना गरिएको उनको भनाई छ । बिर्तामोडमा आयोजना गरिने जनजागरण सभाको आवश्यक तयारी भइरहेको गिरीले जानकारी दिए । वडा, टोलदेखि पालिकासम्मबाट सहभागिता जुटाउन संगठन परिचालन गरिएको जनाइएको छ । जनजागरण सभामा २० हजार एमालेका नेता कार्यकर्ता, शुभचिन्तकहरूको सहभागिता रहने उनको भनाई छ ।

सम्बन्धित समाचार