२०८२ आश्विन २१ गते , मंगलबार

दसैं मेलामा दुई समूहबीच कुटाकुट, ई–रिक्सा चालकको मृत्यु

sajilo news
झापा
२०८२ आश्विन १५ गते , बुधबार
दसैं मेलामा दुई समूहबीच कुटाकुट, ई–रिक्सा चालकको मृत्यु

वीरगन्जमा लागेको दसैं मेलामा मंगलबार राति युवाहरुको दुई समूहबिच भएको कुटपिटमा एक युवकको मृत्यु भएको छ । बाराको परवानीपुर गाँउपालिका - ५ बहुअरी स्थायी घर भई हाल पर्साको वीरगन्ज महानगरपालिका- १० मा डेरामा बस्दै आएका अन्दाजी २२ वर्षीय शीवम साह कानु (गोल्डेन खान) रहेका छन् । मृतकका बुबा हिन्दू र आमा मुस्लिम हुन् । उनी ई–रिक्सा चालक हुन् । 

माईस्थानबाट गीता मन्दिर जाने बाटोमा मंगलबार राति ११.४५ बजेतिर मेलामा घुमिरहेका युवाहरूको दुई समूहबीच विवाद भई कुटाकुट हुँदा कानुको जिउमा बाँसले प्रहार गरिएको थियो । गम्भीर घाइते उनलाई उपचारका लागि नारायणी अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त घटनामा संलग्न रहेको आशंकामा प्रहरीले मंगलबार राति नै तीन जना युवकहरुलाई नियन्त्रणमा लिएको छ । 

पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठकले पनि दुई समूहबीच भएको कुटाकुटमा एक युवकको मृत्यु भएको पुष्टि गरे । उनले भने,‘ ग्याङ् फाइट होइन । एक जनालाई मात्रै टार्गेट गरेर हानेको देखिन्छ । घटनामा संलग्न रहेको आशंकामा अनुसन्धानका लागि ३ जनालाई नियन्त्रणमा लिएका छौं । अनुसन्धान जारी छ।’

सम्बन्धित समाचार