२०८३ असार १ गते , सोमबार

हर्क साम्पाङको पार्टीको नाम ‘राष्ट्रिय श्रम संस्कृति पार्टी’

sajilo news
झापा
२०८२ आश्विन १२ गते , आईतबार
हर्क साम्पाङको पार्टीको नाम ‘राष्ट्रिय श्रम संस्कृति पार्टी’

धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई ‘साम्पाङ’ ले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका छन् ।उनले ‘राष्ट्रिय श्रम संस्कृति पार्टी’ नाममा दर्ताका लागि निवेदन दिएका हुन् । पार्टी दर्ताका कागजातहरू रुजु गर्ने प्रक्रियामा रहेको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

आयोगका अनुसार सबै मापदण्ड पूरा भएमा दसैं बिदा सकिएपछि दल दर्ता हुने छ । हाललाई दर्ताका लागि निवेदन स्वीकार गरिएको आयोगले जनाएको छ।

सम्बन्धित समाचार