२०८२ मंसीर १२ गते , शुक्रबार
राष्ट्रपति र प्रधानमन्त्री कार्यालयको वेबसाइट पनि बन्द
राष्ट्रपति र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भौतिक आक्रमणसँगै साइवर हमला भएको छ । राष्ट्रपति कार्यालयको वेवभासाइटलाई नै बन्द गरिएको छ भने प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयको वेबसाइट पनि बन्द छन् ।
प्राविधिकहरूले सरकारका यी साइटहरूमा सर्भर समस्या या ह्याक भएको हुनसक्ने बताएका छन् । तर आन्दोलनपछि प्रशासनिक संयन्त्र रिक्त हुँदा कसले बनाउने र चासो दिने भन्ने समस्या छ ।