२०८३ बैशाख ३१ गते , विहीबार

झापाको मेचीनगरमा बेहोस भएर दुईजनाको मृत्यु

sajilo news
झापा
२०८२ भाद्र २३ गते , सोमबार
झापाको मेचीनगरमा बेहोस भएर दुईजनाको मृत्यु

झापाको मेचीनगरमा बेहोस भएर दुई जनाको मृत्यु भएको छ । हिजो साँझ ५ बजे मेचीनगर –७ गैरीटोलमा मोरङ उर्लाबारी –१ बस्ने १९ वर्षीय संविधान दर्जीलाई स्थानीयले बेहोस अवस्थामा फेला पारेका थिए । स्थानीयले सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टाबाट खटिएको टोलीले दर्जीलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा बुझाएको थियो ।

प्रहरी टोलीले दर्जीलाई उपचारको लागि आम्दा अस्पताल धुलाबारी पठाएकोमा उपचारको क्रममा साँझ ७ः५५ बजे मृत्यु भएको हो ।सम्पूर्ण कानुनी प्रक्रिया पुरा गरी शव पोस्टमार्टमको लागि वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ ।

त्यस्तै गएराति ८.१० बजे मेचीनगर–७ सतिघट्टा बस्ने ५० वर्षीय भरत राजवंशी घरदेखि करिब सय मिटर पश्चिम तारा सोरेनको आँगनमा मृत फेला परेका छन् । आँगनमा लडिरहेको स्थानीयले देखेर प्रहरी चौकी सतिघट्टामा जानकारी गराएका थिए ।

प्रहरी टोली खटिएर हेर्दा राजवंशीको मृत्यु भइसकेको थियो । कानुनी प्रक्रिया पुरा गरी राजवंशीको शव पोस्टमार्टम लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ ।

सम्बन्धित समाचार